हिमालयन एभरेस्ट इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौं । हिमालयन एभरेस्ट इन्स्योरेन्स कम्पनीले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । बुधबार बिहान बसेको कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीका लागि चुक्ता पूँजीको ८.६३ प्रतिशत बोनस सेयर र ६.३७ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) घोषणा गरेको हो ।

कम्पनीले १९ करोड ८६ लाख रुपैयाँ बराबरको बोनस सेयर र १४ करोड ६६ लाख रुपैयाँ बराबर नगद लाभांश दिने भएको हो । यो तत्कालीन हिमालयन जनरल र एभरेस्ट इन्स्योरेन्स मर्ज भएर बनेको कम्पनी हो । मंगलबार बजार बन्द हुँदा यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६५१ रुपैयाँ छ ।

Related posts

माण्डु हाइड्रोपावरले घोषणा गर्‍याे लाभांशन

नेपालमा ५८ देशको प्रत्यक्ष वैदेशिक लगानी, सबैभन्दा बढी भारत

जापानले ४२ करोड बराबरको छात्रवृत्ति अनुदान उपलब्ध गराउने