सर्वोत्तम सिमेन्टको आइपीओमा वैदेशिक रोजगारीमा गएका नेपालीबाट पहिलो दिनमै मागभन्दा बढी आवेदन

काठमाडौं । सर्वोत्तम सिमेन्टले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई खुला गरेको आइपीओमा पहिलो दिनमै मागभन्दा बढी आवेदन परेको छ । कम्पनीले बुक विल्डिङ विधिबाट आज बुधबार पुस २५ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि २ लाख ६७ हजार कित्ता आइपीओ बिक्री खुला गरेको हो ।

बुधबार साँझ ५ः०६ बजेसम्ममा ३ लाख ६५ हजार ५५० कित्ताका लागि आवेदन परेको हो ।कुल ४ हजार ९०९ जना आवेदकले १३ करोड १९ लाख २६ हजार ९९५ रुपैयाँ बराबरको आवेदन दिएका हुन् । सर्वोत्तमको आइपीओमा लगानीकर्ताले प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले आवेदन दिनुपर्नेछ । यस आइपीओमा न्यूनतम ५० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मको लागि आवेदन दिन सकिनेछ ।

Related posts

कान्तिपुर फर्मास्यूटिकल्स ल्याबले आइपिओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

‘युवा अभियान’ र ‘एसियन एकेडेमी फर पिस रिसर्च एन्ड डेभेलोपमेन्ट’ को सहकार्यमा ‘बिइङ अ बेटर बाइस्ट्यान्डरको विषयमा कार्यशाला सम्पन्न

नबिलपछि एनएमबि बैंकले पनि अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने