लिवर्टी इनर्जीको साधारणसभा सम्पन्न

काठमाडौं । लिवर्टी इनर्जी कम्पनी लिमिटेडको चौधौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । बुधबार कम्पनी सञ्चालक समितिका अध्यक्ष डा.आत्माराम घिमिरेको सभापतित्वमा सभा सम्पन्न भएको हो ।
सभाले कम्पनीको आर्थिक वर्ष २०७९र०८० को वार्षिक प्रतिवेदन तथा वित्तिय विवरण पारित गर्ने, अन्य कम्पनीलाई प्राप्ति तथा मर्जरको प्रकृया अघि बढाउन अख्तियारी दिने लगायतका प्रस्तावहरु पारित गरेको छ ।

साधारणसभाले कम्पनीको कुल जारी पूँजी १ अर्ब ५० करोडमध्ये १ अर्ब १२ करोड ५० लाख संस्थापक सेयर र बाँकी ३७ करोड ५० लाख रुपैयाँ बराबरको आयोजना प्रभावित स्थानीय तथा सर्वसाधारण समेतलाई साधारण सेयर जारी भई चुक्ता भएको छ ।

साधारण सभाबाट कम्पनीको अघिल्लो साधारण सभाबाट हालको चुक्ता पूँजीकोको ५० प्रतिशतका दरले हुन आउने रकम ७५ करोड‍ बराबरको हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित भएको छ ।

Related posts

दशैंको टीका,जमरा र आशीर्वाद लिनेक्रम आजपनि जारी

‘साइबर सेना’ शब्द प्रयोग गरेको बारे माग्नेबुढाले मागे माफी

टीकाको अघिल्लो दिन जब छोराको शव आयो…