तीन फरक-फरक कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट

काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार तीन वटा अलग–अलग कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

आज सकारात्मक सर्किट लाग्ने कम्पनीहरुमा हिमालयन रि–इन्स्योरेन्स, नेपाल वेयरहाउजिङ कम्पनी र मुक्तिनाथ कृषि कम्पनी छन् । धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु भएकै दिनदेखि सोमबारदेखि हिमालयन रि–इन्स्योरेन्सको सेयर कारोबारमा सकारात्मक सर्किट लागेको छ ।

बुधवार कम्पनीको सेयर १० प्रतिशतले बढेर ४११.५० रुपैयाँमा पुगेको छ । मार्केट डेप्थमा कम्पनीको ३० लाख ८४ हजारभन्दा बढी कित्ता सेयर खरिद अर्डर छ भने बिक्री अर्डर शून्य छ ।

यसैगरी, कारोबार भने ३ अर्ब ६० करोड रुपैयाँभन्दा माथि भएको छ ।

Related posts

माण्डु हाइड्रोपावरले घोषणा गर्‍याे लाभांशन

नेपालमा ५८ देशको प्रत्यक्ष वैदेशिक लगानी, सबैभन्दा बढी भारत

जापानले ४२ करोड बराबरको छात्रवृत्ति अनुदान उपलब्ध गराउने