हिमालयन लाइफको साढे ६४ हजार कित्ता सेयर बिक्रीमा

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको ६४ हजार ५०९ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

कम्पनीले साविक गुराँस लाइफ इन्स्योरेन्सको स्वेदेशी सेक्यूरिटिज एण्ड इन्भेष्टमेन्ट प्रालिको नाममा रहेको सेयर बिक्रीमा आएको हो । उक्त सेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मितिले३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय हात्तिसार काठमाडौँमा आवेदन दिन सकिनेछ ।

साथै, तोकिएको अवधि भित्र सेयर खरिदका लागि कुनै पनि आवेदन नपरेको खण्डमा उक्त सेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।

Related posts

माण्डु हाइड्रोपावरले घोषणा गर्‍याे लाभांशन

नेपालमा ५८ देशको प्रत्यक्ष वैदेशिक लगानी, सबैभन्दा बढी भारत

जापानले ४२ करोड बराबरको छात्रवृत्ति अनुदान उपलब्ध गराउने