वाणिज्य विभागले गर्‍यो तीन पसललाई कारबाही

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता ठग्ने तीन व्यापारिक पसललाई ५० हजार रुपैयाँ जरिवाना तिराएको छ । विभागले गरेको बजार अनुगमनका क्रममा विभिन्न बहानामा उपभोक्ता ठगेको पाइएपछि आर्थिक कारबाही गरिएको हो ।

विभागले १० पसलमा गरेको अनुगमनबाट ३ पसलले विभिन्न बहानामा उपभोक्ता ठगेको पाइएको विभागका प्रवक्ता आनन्दराज पोखरेलले जानकारी दिए । उनका अनुसार छाउनीको किराना पसललाई २० हजार जरिवाना तिराइएको छ । यो पसलले खरिद बिलबिजक राख्नुपर्नेमा नराखेको पाइएको थियो ।

यस्तै, यस्तै, छाउनीकै अर्को किराना पसललाई समेत २० हजार रुपैयाँ जरिवाना तिराइएको छ । यो पसलले समेत खरिद बिलबिजक नराखेको पाइएको विभागले जनाएको छ । यसबाहेक, कुपण्डोलको रेडिमेड तथा थान कपडा पसललाई १० हजार रुपैयाँ जरिवाना तिराइएको छ । यो पसलले समेत अन्य दुई पसलको जस्तै बिलबिजक नराखेको पाइएको हो ।

Related posts

माण्डु हाइड्रोपावरले घोषणा गर्‍याे लाभांशन

नेपालमा ५८ देशको प्रत्यक्ष वैदेशिक लगानी, सबैभन्दा बढी भारत

जापानले ४२ करोड बराबरको छात्रवृत्ति अनुदान उपलब्ध गराउने