मिर्मिरे लघुवित्तको सेयर संरचना परिवर्तन हुने

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर संरचना परिवर्तन हुने भएको छ । संस्थापक तर्फको ८.९९ प्रतिशत संस्थापक सेयर सर्वसाधारणमा परिणत हुने भएको हो ।

कम्पनीले हाल संस्थापकतर्फ कायम रहेको ६१.०१ प्रतिशत सेयर संरचनालाई ५२.०२ प्रतिशत कायम हुने गरी ८.९९ प्रतिशत सेयर सर्वसाधारणमा परिणत गर्न लागेको हो ।

आफ्नो सेयर संरचना परिवर्तन गर्न नचाहने सेयरधनीहरूले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय बनेपा काभ्रेपलाञ्चोकमा लिखित रुपमा निवेदन दिनुपर्नेछ ।

Related posts

माण्डु हाइड्रोपावरले घोषणा गर्‍याे लाभांशन

नेपालमा ५८ देशको प्रत्यक्ष वैदेशिक लगानी, सबैभन्दा बढी भारत

जापानले ४२ करोड बराबरको छात्रवृत्ति अनुदान उपलब्ध गराउने