माघमा निक्षेपको ब्याजदर थप घट्ने

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले माघमा निक्षेपको ब्याजदर थप घटाउने भएका छन् ।

माघमा मुद्दती निक्षेपको ब्याजदर करिब ८ प्रतिशतमा सीमित हुने देखिएको छ । पुसका लागि बैंकहरूले मुद्दती निक्षेपमा अधिकतम ब्याजदर ९.६ प्रतिशतसम्म दिएका थिए । बैंकहरूले मुद्दती निक्षेपमा दिएको औसत ब्याजदर भने ८.९९ प्रतिशत थियो ।

राष्ट्र बैंकको निर्देशन अनुसार बैंकहरूले हरेक महिना मुद्दती निक्षेपको ब्याजदर १० प्रतिशतले मात्रै परिवर्तन गर्न सक्ने व्यवस्था छ । यसअनुसार अब माघका लागि बैंकहरूले मुद्दती निक्षेपमा ८.०९१ प्रतिशतदेखि ९.८८ प्रतिशतसम्म ब्याजदर प्रस्ताव गर्न सक्छन् ।

बैंकहरूमा अधिक तरलता रहेकोले माघको लागि धेरै बैंकले ब्याजदर घटाउने तयारी गरेका छन् । हाल बैंकहरूमा ६ खर्ब ५ अर्ब हाराहारी अधिक तरलता छ ।

पुँजी कोषमा दबाब रहेका बैंकहरूले समेत निक्षेपको ब्याजदर घटाउने भएका छन् । प्रभु बैंक, कुमारी बैंक, माछापुच्छ्रे, एनआइसी एसिया, हिमालयन लगायतका केही बैंकलाई केही समयअघि देखि नै यस्तो पुँजी कोष दबाब देखिएको छ ।

राष्ट्र बैंकको निर्देशन अनुसार यस्तो पुँजी कोष अनुपात ८.५ प्रतिशत हुनुपर्नेमा यी बैंकहरूको यस्तो अनुपात ८.८३ देखि ९.९६ प्रतिशतसम्म देखिएको छ ।

Related posts

माण्डु हाइड्रोपावरले घोषणा गर्‍याे लाभांशन

नेपालमा ५८ देशको प्रत्यक्ष वैदेशिक लगानी, सबैभन्दा बढी भारत

जापानले ४२ करोड बराबरको छात्रवृत्ति अनुदान उपलब्ध गराउने