फेरि घट्यो सुनको मूल्य, कतिमा हुँदछ किनबेच ?

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज पनि सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको छ । महासङ्घका अनुसार आज तोलामा २०० रुपैयाँले घटेर कारोबारमा आएको हो । हिजो सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको थियो ।

यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ६०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १८ हजार ५० रुपैयाँ छ । हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १८ हजार २५० रुपैयाँ कायम थियो ।

यस्तै, आज चाँदीको मूल्य भने स्थिर कायम भएको छ । महासङ्घका अनुसार आज चाँदीको मूल्य तोलामा १४ सय १५ रुपैयाँ छ । हिजो पनि यही मूल्यमा कारोबार भएको थियो ।

Related posts

माण्डु हाइड्रोपावरले घोषणा गर्‍याे लाभांशन

नेपालमा ५८ देशको प्रत्यक्ष वैदेशिक लगानी, सबैभन्दा बढी भारत

जापानले ४२ करोड बराबरको छात्रवृत्ति अनुदान उपलब्ध गराउने