प्राधिकरणले काटेका उद्योगहरुको बिजुली लाइन जोडिने

काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणले बक्यौता नतिरेको भन्दै काटिदिएका उद्योगहरुको बिजुली लाइन हाललाई जोडिदिने निर्णय गरेको छ ।

उद्योगहरुले डेडिकेटेड र ट्रंकलाइनबाट प्रयोग गरेको बिजुलीको बक्यौता महशुल नतिरेको भन्दै प्राधिकरणले लाइन काट्न थालेपछि उद्योगी र प्राधिकरणबीच विवाद बढिरहेको थियो ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले लाइन जोडिदिने निर्णय गरेको खानेपानी मन्त्री महिन्द्र राय यादवले नेपालखबरलाई जानकारी दिए।

उनले भने, डेडिकेटेड र ट्रंकलाइन विवाद समाधानका लागि पूर्वन्यायाधीशको नेतृत्वमा छानबिन आयोग बनाउने र उद्योगहरुको लाइन जोडिदिने निर्णय बैठकले गरेको छ।’

यसैबीच, सरकारले पूर्वन्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा डेडिकेटेड र ट्रंकलाइन बक्यौता शुल्क समस्या समाधानको लागि छानबिन आयोग समेत बनाउने भएको छ।

Related posts

विदेशी मुद्रा सञ्चिति १३ महिनासम्म आयात धान्न सक्ने छ: गभर्नर अधिकारी

अमेरिकी डलर, युरो र पाउन्डको मूल्य घट्यो

अमेरिकी डलरको मूल्य घट्दा, युरो र पाउण्डको मूल्य बढ्यो