पञ्चकन्या माई हाइड्रोपावरको आज वार्षिक साधारण सभा

काठमाडौ । पञ्चकन्या माई हाइड्रोपावरको मंगलबार वार्षिक साधारण सभा बस्दैछ । हाइड्रोपावरले एकै साथ २ आर्थिक वर्षको साधारण सभा बोलाएको छ । कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव गरेको छैन । 

सभामा आर्थिक वर्ष २०७८–७८ र २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । साथै, आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक

नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । सभाले सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने १ जना र स्वतन्त्रबाट १ जना सञ्चालक नियुक्ति गर्नेछ । सभा प्रयोजनका लागि कम्पनीले पुस १३ गते बुक क्लोज गरिसकेको छ । सभा कुपण्डोल ब्यांकेट, कुपण्डोलमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

Related posts

माण्डु हाइड्रोपावरले घोषणा गर्‍याे लाभांशन

नेपालमा ५८ देशको प्रत्यक्ष वैदेशिक लगानी, सबैभन्दा बढी भारत

जापानले ४२ करोड बराबरको छात्रवृत्ति अनुदान उपलब्ध गराउने