दुई महिनाभित्र बक्यौता किस्ताबन्दीमा बुझाउन विद्युत प्राधिकरणको आग्रह

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बक्यौता विद्युत महसुल रकम बुझाउन ६० दिनको समय दिएको छ । प्राधिकरणले मंगलबार सूचना जारी गर्दै तिर्न बाँकी बक्यौता रकम ६० दिनभित्र किस्तामा तिर्न आग्रह गरेको हो ।

‘नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको मिति पुुस १६ को बैठकबाट भएको निर्णय बमोजिम प्राधिकरणका विभिन्न संरचनाहरूबाट विद्युत सेवा प्राप्त गरेका उपभोक्ताहरूसँग विगतदेखि रहेको बक्यौता विद्युत महसुल रकम असुल उपर गर्न एक पटकका लागि बढीमा ६० महिना सम्मको किस्ताबन्दीमा बुझाउन पाउने गरी विशेष व्यवस्था गरिएको हुँदा यो सूचना प्रकाशन भएको मितिले ३० दिनभित्र प्राधिकरणको सम्बन्धित वितरण केन्द्रमा सम्पर्क राखी किस्ताबन्दीको सुविधाका लागि आवेदन दिनुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,’ सूचनामा भनिएको छ ।

डेडिकेडेट र ट्रंक लाइनको बक्यौता नबुझाउने उद्योगहरूको लाइन काटिएको छ। जसका कारण उद्योगी–व्यवसायीहरू आन्दोलित हुँदै आएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बक्यौता पनि उठ्ने र उद्योग पनि चल्ने वातावरण बनाउन सम्बन्धित मन्त्रालय र प्राधिकरणलाई निर्देशन दिएका थिए ।

Related posts

विदेशी मुद्रा सञ्चिति १३ महिनासम्म आयात धान्न सक्ने छ: गभर्नर अधिकारी

अमेरिकी डलर, युरो र पाउन्डको मूल्य घट्यो

अमेरिकी डलरको मूल्य घट्दा, युरो र पाउण्डको मूल्य बढ्यो