फेरि बढ्यो डण्डीको मूल्य 

????????????????????????????????????

काठमाडौं । बजारमा फेरि डण्डीको मूल्य दुईदेखि तीन रूपैयाँसम्म बढेको छ । उत्पादन नहुँदा डण्डीको मूल्य बढेको हो । सोमबार बजारमा डण्डी प्रतिकिलो ९७ रूपैयाँदेखि एकसय रूपैयाँसम्म पुगेको नेपाल निर्माण सामग्री व्यापार संघ, काठमाडौंले जानकारी दिएको छ ।

संघका अनुसार यसअघि डण्डी बजारमा प्रतिकिलो ९४ रूपैयाँदेखि ९७ रूपैयाँसम्म कारोबार भइरहेको थियो । सरकारले विद्युतको बक्यौता बाँकी रहेको भन्दै केही उद्योगको लाइन काटिदिएको छ । बिजुली नहुँदा उद्योग बन्द छन् ।

सामान उत्पादन नभएपछि मूल्य बढेको हो । अहिले बजारमा डण्डीको अभाव भएको संघका सल्लाहकार अन्सन शाखले जानकारी दिए।

Related posts

माण्डु हाइड्रोपावरले घोषणा गर्‍याे लाभांशन

नेपालमा ५८ देशको प्रत्यक्ष वैदेशिक लगानी, सबैभन्दा बढी भारत

जापानले ४२ करोड बराबरको छात्रवृत्ति अनुदान उपलब्ध गराउने