प्राधिकरणले हुलास स्टिल पनि लाइन काट्यो

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रङ्क लाइनबाट विद्युत आपूर्ति लिएर महशुल नतिरेको भन्दै हुलास स्टिलको पनि लाइन काटेको छ । प्राधिकरणले सोमबार बिहान बारा,पर्सा औद्योगिक करिडोरमा रहेको उक्त कम्पनीको विद्युत प्रसारण बन्द गरिएको हो । हुलास स्टिलले प्राधिकरणलाई सवा ४३ करोड महशुल तिर्न बाँकि रहेको जनाइएको छ । प्राधिकरणले ५ करोडभन्दा बढी बक्यौता रहेका २४ कम्पनीहरुको लाइन काटिसकेको छ ।

डेडिकेटेड तथा ट्रंक लाईनबाट विद्युत् उपभोग गरेको कुल ६१ वटा उपभोक्ताहरुको २०८० मंसीर मसान्तसम्म कुल बक्यौता रकम २२ अर्व २४ करोड रुपैयाँ रहेको प्राधिकरणको भनाई छ ।

Related posts

माण्डु हाइड्रोपावरले घोषणा गर्‍याे लाभांशन

नेपालमा ५८ देशको प्रत्यक्ष वैदेशिक लगानी, सबैभन्दा बढी भारत

जापानले ४२ करोड बराबरको छात्रवृत्ति अनुदान उपलब्ध गराउने