नेप्से परिसूचक ३६.५७ अंकले बढ्यो, ७ कम्पनीको सेयरमा सकारात्मक सर्किट

काठमाडौं । अघिल्लो सेयर कारोबार दिन आइतबार दोहोरो अंकले घटेको नेप्से परिसूचक आज दोहोरो अंकले बढेको छन । आइतबार २६ अंकले घटेको नेप्से आज ३६।५७ अंकले बढेर २०५९।४९ विन्दुमा कायम भएको छ ।

यसदिन ३०९ कम्पनीको १ करोड ३७ लाख ९ हजार २७६ कित्ताको किनबेच हुँदा ४ अर्ब ६७ करोड ५२ लाख २४ हजार ९०६ रुपैयाँको कारोबार भएको छ ।

७ कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो । सिंगटी हाइड्रो पावर,मोदी इनर्जी,त्रिशूली जल विद्युत,मु्क्तिनाथ कृषि कम्पनी,नेपाल वेयरहाउस कम्पनी, हिमालयन रिइन्स्योरेन्स र तेह्रथुम पावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो ।

यसदिन नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले भने गुमाए । सो कम्पनीको ५।४६ प्रतिशतले सेयर घट्यो ।

सोनापुर २१ अर्ब बढीको सेयर कारोबार गरी शीर्षस्थानमा रह्यो । यसैगरी माउन्टेन इनर्जीको १९ करोड,हाथवेको १६,एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको १४ र नेफ्राको ११ करोड बढीको सेयर कारोबार भयो ।

कारोबारमा आएका १३ उपसमूहमध्ये १२ को सूचक सकारात्मक देखिए । यसदिन म्युचुल फण्डको मूल्य भने ०.०१ प्रतिशतले घट्यो । २१२ कम्पनीको मूल्य बढ्दा २९ वटाको घट्यो भने ५ को स्थिर रह्यो ।

Related posts

माण्डु हाइड्रोपावरले घोषणा गर्‍याे लाभांशन

नेपालमा ५८ देशको प्रत्यक्ष वैदेशिक लगानी, सबैभन्दा बढी भारत

जापानले ४२ करोड बराबरको छात्रवृत्ति अनुदान उपलब्ध गराउने