एनआईबिएल प्रगति फन्डको सूचीकरण खारेज

काठमाडौं । एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित “एनआईबिएल प्रगति फन्ड” को सूचीकरण खारेज भएको छ ।

पुस २६ गते परिपक्व हुनेभएपछि पुस २४ गतेबाट नेप्सेले उक्त सामूहिक लगानी कोषको कारोबार बन्द गरिदिएको हो । सामूहिक लगानी कोष नियमावली, २०६७ को नियम (३१) को खण्ड (१) (क) मा भएको व्यवस्था बमोजिम योजना खारेजीमा जानेछ । फन्ड खारेजी पछि सोही नियमावलीको नियम (३२) को उपनियम (३) को व्यवस्था बमोजिम योजना अर्न्तगतको सम्पत्तिलाई नगदमा परिणत गरी इकाईधनीहरुलाई स्वामित्वको आधारमा भुक्तानी दिनुपर्ने नियम छ ।

२०७३ को कार्तिक २५ गते सञ्चालन अनुमति पाएको उक्त फन्डको सात वर्षे सञ्चालन अवधि रहेको थियो । योजनाले २०७७/७८ मा ५० प्रतिशत, २०७८/७९ मा ४.२ प्रतिशत र २०७९/८० मा ६.८ प्रतिशत गरि सञ्चालन अवधि भर ६१ प्रतिशत लाभांश दिएको थियो । फन्डको अन्तिम नेट एसेट भ्यालु बराबरको सम्पत्ति अब इकाईधनीले फिर्ता पाउनेछन् ।

Related posts

माण्डु हाइड्रोपावरले घोषणा गर्‍याे लाभांशन

नेपालमा ५८ देशको प्रत्यक्ष वैदेशिक लगानी, सबैभन्दा बढी भारत

जापानले ४२ करोड बराबरको छात्रवृत्ति अनुदान उपलब्ध गराउने