काठमाडौं । हिमालयन रि इन्स्योरेन्सको आईपीओ आइतबार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूचीकृत भएको छ। कम्पनीको १० करोड कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । सर्वसाधारणतर्फको ३ करोड र संस्थापकतर्फको ७ करोड गरी कुल १० करोड कित्ता सेयर नेप्सेमा सुचीकृत भएको हो ।
यो कम्पनीको सेयर कारोबार संकेत ‘एचआरएल मा सूचीकृत भएको हो। कम्पनीको सेयर नेप्सेमा सूचीकृत भएसँगै सोमबारदेखि दोस्रो बजारमा कारोबार सुरु हुनेछ।