स्थानीय र सर्वसाधारणका ३१ लाख कित्ता सेयर निष्कासन गर्दै अन्नपूर्ण केबलकार

काठमाडौं । अन्नपूर्ण केबलकार कम्पनीले स्थानीय र सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्नका लागि अनुमति माग गरेको छ ।

कम्पनीले अंकित मूल्य १ सयका दरले कुल ३१ लाख कित्ता अर्थात ३१ करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्न हालै नेपाल धितोपत्र बोर्डमा अनुमति माग गर्दै निवेदन दिएको छ ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रवन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ । पोखरामा कम्पनीले केबलकार सेवा सञ्चालन गरिरहेको छ । सो केबलकार सेवाबाट लिइने शुल्क नै कम्पनीको मुख्य आम्दानीको स्रोत हो ।

Related posts

माण्डु हाइड्रोपावरले घोषणा गर्‍याे लाभांशन

नेपालमा ५८ देशको प्रत्यक्ष वैदेशिक लगानी, सबैभन्दा बढी भारत

जापानले ४२ करोड बराबरको छात्रवृत्ति अनुदान उपलब्ध गराउने