पुनर्बीमा कम्पनीको लगानीको क्षेत्र विस्तार

काठमाडौं। नेपाल बीमा प्राधिकरणले पुनर्बीमकको लगानी निर्देशनमा पहिलो संशोधन गर्दै पुनर्बीमा कम्पनीको लगानीको क्षेत्र विस्तार गरिदिएको छ ।

नयाँ व्यवस्थाबमोजिम अब पुनर्बीमा कम्पनीले विशिष्टीकृत लगानी कोष नियमावली बमोजिम धितोपत्र बोर्डबाट व्यवसाय गर्न स्वीकृति पाएका प्राइभेट इक्विटी फन्ड र भेन्चर क्यापिटल फन्डमा लगानी गर्न पाउने भएका हुन् । पुनर्बीमा कम्पनीले कुल लगानीको १.५ प्रतिशत त्यस्ता कोषमा लगानी गर्न पाउनेमा एउटै कोषमा भने बढीमा एक प्रतिशतसम्म लगानी गर्न सक्नेछन् ।

यसैगरि पुनर्बीमा कम्पनीले यसअघि साधारण सेयरू मा मात्र लगानी गर्न पाउने व्यवस्थालाई परिवर्तन गर्दै शेयरहरूमा लगानी गर्न सकिने गरि शब्दावलीमा परिवर्तन गरिएको छ भने सेयरमा गरिने लगानीको सीमा पाँच प्रतिशतबाट बढाएर १५ प्रतिशत बनाइएको छ ।

Related posts

माण्डु हाइड्रोपावरले घोषणा गर्‍याे लाभांशन

नेपालमा ५८ देशको प्रत्यक्ष वैदेशिक लगानी, सबैभन्दा बढी भारत

जापानले ४२ करोड बराबरको छात्रवृत्ति अनुदान उपलब्ध गराउने