ईङवा हाइड्रोपावरको साधारणसभा सम्पन्न

काठमाडौं । इङवा हाइड्रोपावर लिमिटेडको साधारणसभा बानेश्वर ब्यांकेटमा सम्पन्न भएको छ । सभाले कम्पनीको सवै प्रस्तावमाथि छलफल गरी पारित गरेर नयाँ कम्पनीको नयाँ कार्यसमिति समेत चयन गरेको छ ।
सभाले कार्यसमितिमा सुमित्रादेवी न्यौपाने, इन्द्र मणि त्रिताल,भेजप्रसाद तिमिल्सीना, संजिव न्यौपाने र सतिस न्यौपानेलाई कार्य समितिमा चयन गरेको हो ।

कम्पनीका अध्यक्ष सुमित्रादेवी न्यौपानेको अध्यक्षतामा भएको सभाले कम्पनीको सभाले आर्थिक वर्ष २०७९र८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल गरी पारित गरेको छ । त्यसै गरी सभाले आर्थिक वर्ष २०८०र८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरेको छ ।

कम्पनीले प्रबर्धन गरिरहेको ९।७ मेगावाटको ईङवा खोला साना जलविद्युत आयोजना यस कम्पनीको मुख्य जलविद्युत परियोजना हो । गत असार महिनामा आएको बाढीको क्षतीका कारण अवरुद्ध यस अयोजन पुन फागुन १ गतेदेखि बत्ति बाल्ने गरी मर्मतसम्हारको काम भैइरहेको कम्पनीेले जनाएको छ ।

कम्पनीले ८ मेगावाट क्षमताको तल्लो लोवर ईङवा हाइड्रोपावर आयोजना बनाउने तयारी गरिरहेको छ ।

Related posts

तीस दिनभित्र दोहोरो पद छोडिसक्न सहकारी संस्थाका सञ्चालकलाई निर्देशन

६ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, हिमालयन रि र नेपाल रिका सेयर धनीले सर्वाधिक गुमाए

झिनो अंकले बढ्यो नेप्से