लाइसेन्स छपाइको काम तत्काल अघि बढ्छ ः मन्त्री ज्वाला

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सवारीचालक अनुमतिपत्र लाइसेन्स छपाइको काम अब तत्काल बढ्ने बताएका छन् ।

शनिबार काठमाडौंमा नेपाल ट्रक यातायात व्यवसायी महासंघद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले ६ लाख कार्ड आउने टुंगो लागेको जानकारी दिए । त्यो आएपछि दैनिक तीन हजार कार्ड छपाइ हुने उनको भनाइ छ ।

मन्त्री ज्वालाले १६ लाख कार्डका निम्ति टेन्डर गरिएको भन्दै त्यो तीनचार महिनामा टुंगो लाग्ने बताए ।

Related posts

विदेशी मुद्रा सञ्चिति १३ महिनासम्म आयात धान्न सक्ने छ: गभर्नर अधिकारी

अमेरिकी डलर, युरो र पाउन्डको मूल्य घट्यो

अमेरिकी डलरको मूल्य घट्दा, युरो र पाउण्डको मूल्य बढ्यो