बुद्धभूमि हाइड्रोपावरको साधारणसभा सम्पन्न

काठमाडौँ । बुद्धभूमि हाइड्रोपावर लिमिटेडले कम्पनीको १५ औं वार्षिक साधारणसभामा एक सय ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव सम्पन्न भएको छ। कम्पनीले सेयरधनीबाट उठाएको हकप्रदलाई कम्पनीको हालको ऋण चुक्ता गर्न र नयाँ प्रोजेक्ट निर्माण गर्न प्रयोग गर्ने छ।

कम्पनीले साधारणसभामा आर्थिक वर्ष २०७९र८० को सञ्चालक समितिको प्रतिवेदन छलफल गरि पारित गर्नुका साथै , लेखापरीक्षण प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित गरेको छ। तेस्तै सभाले लेखापरीक्षक नियुक्त गर्नुका साथै पारिश्रमिक तय पनि गरेको छ।

कम्पनीले लगानीकर्तालाई भने कुनै लाभांशको व्यवस्था गरेको छैन । कम्पनीले साधारणसभा प्रयोजनार्थ पुस ६ गते एक दिन बुक क्लोज गरेको थियो ।

Related posts

विदेशी मुद्रा सञ्चिति १३ महिनासम्म आयात धान्न सक्ने छ: गभर्नर अधिकारी

अमेरिकी डलर, युरो र पाउन्डको मूल्य घट्यो

अमेरिकी डलरको मूल्य घट्दा, युरो र पाउण्डको मूल्य बढ्यो