तीन महिनामा ५०० मेगावाट बिजुली थपिँदै : ऊर्जामन्त्री

Home Minister Shakti Bahadur Basnet addresses the Parliament meeting, on Friday, July 8, 2016. Photo: RSS

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आउँदो १२ वर्षभित्र २९ हजार मेगावाट बिजुली राष्ट्रिय ग्रीडमा जोड्ने गरी सरकारले काम गरिरहेको बताएका छन् । शनिबार काठमाडौंमा नेपाल उद्योग व्यापार महासंघको दोस्रो साधारणसभा उद्घाटन गर्दै उनले मुलुकको ऊर्जा क्षेत्रमा अपेक्षित प्रगति देखिएको बताएका हुन् ।

सबस्टेसन, प्रसारणलाइन निर्माणलगायत पूर्वाधारमा सरकारको ध्यानकेन्द्रित रहेको उनले उल्लेख गरे । विद्युत् उत्पादनसँगै खपत वृद्धि गर्न मन्त्रिपरिषद्बाट कार्ययोजना समेत पारित भइसकेको उनले जानकारी दिए ।

पछिल्लो एक वर्षमा ५०० मेगावाट बिजुली थप भएको र आउँदो तीन महिनामा ५०० मेगावाट विद्युत् थपिने उनले बताए ।

७८ वर्षमा अढाई सय मेगावाट मात्र बिजुली उत्पादन भएको उनको भनाइ छ । पछिल्लो १५ महिनामा एक हजार मेगावाट विद्युत् उत्पादन गर्न सफल भएको उनले जिकिर गरे ।

मन्त्री बस्नेतले मुलुकलाई आर्थिक विकास र समृद्धिको दिशातर्फ अघि बढाउन नकारात्मक सोच नभई उत्साहका आवश्यक रहेकामा जोड दिए ।

Related posts

माण्डु हाइड्रोपावरले घोषणा गर्‍याे लाभांशन

नेपालमा ५८ देशको प्रत्यक्ष वैदेशिक लगानी, सबैभन्दा बढी भारत

जापानले ४२ करोड बराबरको छात्रवृत्ति अनुदान उपलब्ध गराउने