कर्जा प्रवाह हुन नसक्दा बैंकमा पैसाको भण्डार

काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय संस्थासँग कर्जा दिने क्षमता बढ्दो अवस्थामा छ । यो अवस्था आएको लामो समय भयो । तर, लगानी भएको छैन् । पुँजी थुप्रिँदा बैंकिङ प्रणालीमा पनि अवरोध सिर्जना भएको छ । चालू आर्थिक वर्ष सुरु भएदेखि नै यस्तो स्थितिले निरन्तरता पाएको हो ।


कर्जा प्रवाह हुन नसक्दा बैंकिङ प्रणालीमा निरन्तर पैसा जम्मा भएको छ । बैंकमा नयाँ कर्जाको माग नै नभएपछि लगानी योग्य पुँजी पर्याप्त देखिएको हो । सीमाभन्दा तल गएकाले निक्षेप संकलनको बोल कबोल मार्फत बैंकिङ प्रणालीबाट पैसा तानेको हो । यसैले पुस १८ र १९ गते अन्तर बैंक ब्याजदर ३ प्रतिशत माथि आएको छ ।

बैंकहरूको अनिवार्य नगद मौज्दात सीआरआर ४ प्रतिशतबाहेकको अधिक तरलताको रकम करिब एक खर्ब रुपैयाँ छ ।
नीतिगत व्यवस्था अनुसार बैंकहरूले अधिकतम ९० प्रतिशतसम्मको सीडी रेसियो सीमा कायम गर्न पाउँछन्। यो भनेको बैंकले एक सय रुपैयाँको निक्षेप संकलन गर्दा ९० रुपैयाँ कर्जा प्रवाह गर्न पाउनु हो । तर, यस अनुसार अहिले बैंकहरूसँग पर्याप्त क्षमता अर्थात १० प्रतिशतको कुशन छ।

Related posts

माण्डु हाइड्रोपावरले घोषणा गर्‍याे लाभांशन

नेपालमा ५८ देशको प्रत्यक्ष वैदेशिक लगानी, सबैभन्दा बढी भारत

जापानले ४२ करोड बराबरको छात्रवृत्ति अनुदान उपलब्ध गराउने