रिलायन्स स्पिनिङ मिल्सले पायो आइपिओ निष्कासनको अनुमति

रिलायन्स स्पिनिङ मिल्सले नेपाल धितोपत्र बोर्डबाट प्रिमियम मूल्यमा आइपिओ निष्कासन गर्ने अनुमति पाएको छ ।

कम्पनीले बुक बिल्डिङ विधिबाट आइपिओ निष्कासन गर्न लागेको हो । पहिलो चरणमा कम्पनीले योग्य संस्थागत लगानीकर्तालाई खुलाएको ४० प्रतिशत सेयर बिक्री गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता ६०८ रुपैयाँदेखि ९१२ रुपैयाँसम्म सात लाख ७० हजार ६ सय ४० कित्ता सेयर योग्य संस्थागत लगानीकर्तालाई बिक्री गर्नेछ । संस्थागत लगानीकर्तालाई बिक्री गरिएको कट अफ प्राइसमा १० प्रतिशत घटाएर सर्वसाधारणमा आइपिओ बिक्री गरिनेछ ।

Related posts

माण्डु हाइड्रोपावरले घोषणा गर्‍याे लाभांशन

नेपालमा ५८ देशको प्रत्यक्ष वैदेशिक लगानी, सबैभन्दा बढी भारत

जापानले ४२ करोड बराबरको छात्रवृत्ति अनुदान उपलब्ध गराउने