एनआईसी एसिया बैंकद्वारा ३ करोड ३५ लाख कित्ता बोनस सेयर सूचीकृत

काठमाडौं । एनआईसी एसिया बैंकको ३ करोड ३५ लाख ३५ हजार ६१६ कित्ता सेयर दोस्रो बजारमा थपिएको छ ।

बैंकले यसअघि घोषणा गरेको चुक्ता पूँजीको २९ प्रतिशत बोनस सेयर नेपाल स्टक एक्स्चेन्जमा सूचीकृत भएको हो । यस बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वाणिज्य बैंकहरुमध्ये सबैभन्दा धेरै २९ प्रतिशत बोनस सेयर प्रदान गरेको थियो ।

बैंकको बोनस सेयर सूचीकृत भएसँगै सेयर लगानीकर्ताले डिम्याट खातामा बोनस सेयर पाउनेछन् र कारोबार गर्न सक्नेछन् ।

कम्पनीको कुल सूचीकृत सेयर संख्या १४ करोड ९१ लाख ७५ हजार ६७२ पुगेको छ । बिहीबार बजार बन्द हुँदा बैंकको सेयर मूल्य प्रतिकित्ता ५१० रुपैयाँ ९० पैसा छ ।

Related posts

माण्डु हाइड्रोपावरले घोषणा गर्‍याे लाभांशन

नेपालमा ५८ देशको प्रत्यक्ष वैदेशिक लगानी, सबैभन्दा बढी भारत

जापानले ४२ करोड बराबरको छात्रवृत्ति अनुदान उपलब्ध गराउने