140
काठमाडौँ । धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पदभार ग्रहण गरेका छन् ।
बुधबार खुमलटारस्थित धितोपत्र बोर्डको कार्यलयमा पुगेर नवनियुक्त अध्यक्ष श्रेष्ठले पदभार ग्रहण गरेका हुन् ।
पदभार ग्रहणपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले चुनौतिहरूको थुप्रोको बीचमा ठूलो जिम्मेवारीको साथ आफू आएको भन्दै विशेष गरेर नेपालमा क्यापिटल मार्केटको दायरा बढाउँदै लैजाने काममा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए ।