81
काठमाडौं l सानिमा जीआइसी इन्स्योरेन्सले २५ प्रतिशत हकप्रद सेयर बिक्री गर्न धितो पत्र बोर्डसँग माग्यो अनुमति
काठमाडौंः सानिमा जीआइसी इन्स्योरेन्स लिमिटेडले २५ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने भएको छ । त्यसका लागि कम्पनीले नेपाल धितो पत्र बोर्डसँग अनुमति मागेको छ ।
कम्पनीले १०:२.५ अनुपातमा ५० लाख कित्ता हकप्रद सेयर बिक्री गर्न बोर्डसँग अनुमति मागेको हो । यसर्थ, कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले ५० करोड रुपैयाँ बराबरको हकप्रद सेयर बिक्री गर्नेछ ।
हाल यसको चुक्ता पुँजी २ अर्ब रुपैयाँ रहेको छ । हकप्रद पछि यसको पुँजी २ अर्ब ५० करोड रुपैयाँ पुग्ने भएको छ ।