Saturday, November 23, 2024
Home MarketIPO आईपीओ निष्काशन गर्दै ड्रिम इन्टरनेशनल होटल

आईपीओ निष्काशन गर्दै ड्रिम इन्टरनेशनल होटल

by laganisutra

काठमाडौं । ड्रिम इन्टरनेशनल होटलले साधारण शेयर ९आईपीओ० जारी गर्ने भएको छ । यस होटलले पब्लिक कम्पनीमा रुपान्तरण गरी आईपीओ निष्काशनको प्रक्रिया अघि बढाउनका लागि विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको हो ।

होटेलले आयोजना गरेको कार्यक्रममा ड्रिम इन्टरनेशनल होटलको तर्फबाट अध्यक्ष गोपाल राना र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

पर्यटन उद्योगमा फरक पहिचान बनाएको ड्रिम ग्रुप अन्तर्गतको ड्रिम इन्टरनेशनल होटलले सर्वसाधारणलाई समेत पर्यटन उद्योगमा जोड्ने लक्ष्यसहित सार्वजनिक शेयर निष्काशन प्रक्रिया अगाडी बढाईएको होटलका अध्यक्ष गोपाल रानाले जानकारी दिए ।

पश्चिम नेपालकै व्यापारिक तथा पर्यटकीय शहर बुटवलमा रहेको ड्रिम इन्टरनेशनल होटलले सहलगानी गर्दै देशका ७ वटै प्रदेश तथा पर्यटकीय गन्तव्यहरुमा होटल स्थापना गर्ने योजना बनाएको छ र छिटै नै आईपिओ जारी गरी उक्त योजनानुसार कामहरु सम्पन्न गर्ने अध्यक्ष रानाले जानकारी दिए ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft