100
चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ शनिबारबाट देशभरका विभिन्न २० वटा सिनेमा घरहरूमा प्रदर्शन नहुने भएको छ । मोफसलका २० वटा हलमा ‘पूर्ण बहादुरको सारङ्गी’ शनिबारदेखि प्रदर्शन नहुने भएको हो ।
ग्रसकलेक्सनको ‘फेक रिपोर्ट’ दिएको भन्दै २० वटा हलबाट सिनेमा उतार्ने निर्णय गरिएको निर्माणपक्षले विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ । ठूलो परिमाणमा ग्रसकलेक्सन गरे पनि निर्मातालाई भने न्यून रिपोर्ट देखाएको निर्माणपक्षको आरोप छ ।
निर्माता विनोद पौडेलले ‘हिसाब गोलमाल गर्नु पनि अपराध हो,’ भन्दै सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
सिनेमा हेर्न इच्छुक दर्शकले नजिकैको अर्को हलमा गएर हेरिदिन निर्माणपक्षले आग्रह गरेको छ ।