Friday, December 6, 2024
Home Banking सिद्धार्थ बैंकको ‘नारीको नाममा घर, आकर्षक ब्याजदर’ योजना: ८.४९% न्युनतम ब्याजदरमै घर किन्ने सुवर्ण अवसर

सिद्धार्थ बैंकको ‘नारीको नाममा घर, आकर्षक ब्याजदर’ योजना: ८.४९% न्युनतम ब्याजदरमै घर किन्ने सुवर्ण अवसर

by laganisutra

काठमाडौं। नेपाली समाजमा महिलालाई हेर्ने दृष्टिकोणमा आएको सकारात्मक परिवर्तनसँगै घर जग्गामा महिलाहरुको स्वामित्व बढाउने सरकारको महिलामैत्री नीतिका कारण महिलाको नाममा घरजग्गा राख्ने र महिलाले भू–स्वामित्व लिने क्रम बढेको छ। घरको व्यवस्थापनमा महिलाको भूमिका अहम रहने हुँदा यस क्षेत्रमा महिलाको बाहुल्यता बढ्दै गएको पाईन्छ । केन्द्रीय तथ्याङ्क कार्यालयको पछिल्लो विवरण अनुसार महिलाको नाममा घरजग्गा राख्ने क्रम एक दशकमा १२६ प्रतिशतले बढेको छ।

पछिल्लो जनगणना अनुसार नेपालमा २३.३ प्रतिशत परिवारमा महिलाको नाममा घरजग्गा रहेको पाइएको छ। अघिल्लो जनगणनामा जम्मा १०.७ प्रतिशत मात्रै रहेको थियो। वैदेशिक रोजगारी , महिलाका लागि सरकारले दिने सेवा सुविधा आदि इत्यादिका कारण पनि महिलाका नाममा सम्पति राख्ने क्रम बढेको पाईन्छ।

नेपालमा महिलाको नाममा सम्पति हुनेहरुको सङ्ख्या १३ वर्षमा ५० प्रतिशतले बढेको पाइएको छ। केन्द्रीय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको पछिल्लो राष्ट्रिय जीवनस्तर सर्वेक्षण अनुसार नेपालमा महिला मालिका भएका परिवार ३७.१ प्रतिशत रहेका छन्।

नारीको नाममा घर, आकर्षक ब्याजदर

यसैबीच महिलालाई उच्च प्रथामिकतामा राखी सिद्धार्थ बैंकले ‘नारीको नाममा घर, आकर्षक ब्याजदर’ भन्ने नारा सहित नारी प्रोत्साहन योजना ल्याएको छ। बैंकले अर्थतन्त्रमा देखिएको सुस्तताका मन्दीका  बाबजुद महिलाका लागि सबैभन्दा सस्तो अर्थात्  ८. ४९ % र अन्यका लागि ८. ७७ न्युनतम वार्षिक ब्याजदरमै  उत्कृष्ट ‘सिद्धार्थ हाम्रो घर कर्जा’ योजना संचालनमा ल्याएको हो। यो ब्याजदर पहिलो ७ वर्ष सम्मका लागि स्थिर रहनेछ। यस किसिमको कर्जा लिनका लागि बैंकले डकुमेन्टेसनमा समेत सहजीकरण गरेको छ।

यस योजनाबाट आफ्नै घर बनाउने महिलाको सपना पूरा हुने बैंकले विश्वास व्यक्त गरेको छ। यस योजनाअन्तर्गत न्युनतम ब्याजदरमा किफायती र लचिलो आवास कर्जाको फाइदा उठाउन र जग्गा खरिद गर्न, घर किन्न वा निर्माण गर्न बैंकले आग्रह गरेको छ।

के-के चाहिन्छ कागजात ?
‘सिद्धार्थ हाम्रो घर कर्जा’ अन्तर्गत नारीको नाममा घर, आकर्षक ब्याजदर योजनामा सहज तरिकाले कर्जा लिनका लागि निम्न अनुसारको कागजात पेश गर्नुपर्ने छ।
१. तस्बिर २ प्रति
२. नागरिकता/ राहदानी
३. सम्बन्ध प्रमाणपत्र/ विवाह दर्ता ( विवाहिताको सम्बन्धमा)
४. कम्तिमा ६ महिनाको बैंक (निक्षेप र ऋण) खाता विवरण
५. फर्म/कम्पनी दर्ता प्रमाणपत्र (यदि लागू भएमा)
६. प्यान/ भ्यात प्रमाणपत्र (यदि लागू भएमा)
७. आर्टिकल अफ एसोसिएसन (अओअ) एन्ड मेमोरेन्डम अफ एसोसिएसन (यदि लागू भएमा)
८. साझेदारी पत्र (यदि लागू भएमा)
९. व्यक्तिको प्यान प्रमाणपत्र ( ५० लाख रुपैयाँ भन्दा बढी ऋण रकमको लागि मात्र)
१०. स्थान नक्सा (निवास र कार्यालय)

कति चाहिन्छ धीतो तथा आय स्रोत ?
यस योजना अन्तर्गत कर्जा लिनका बैंकमा राख्नुपर्ने धितो निम्न अनुसार रहेको छ।
१. लालपुरजा/जग्गा स्वामित्व प्रमाणपत्र
२. राजिनामा वा बकसपत्र वा अंश-बण्डा
३. मालपोत कार्यालयबाट प्राप्त रसिद
४. भवनको कर निकासी प्रमाणपत्र
५. खाका र ट्रेस नक्सा तथा चार किल्ला प्रमाणित
६. घरको स्वीकृत नक्सा
७. निर्माण सम्पन्न पत्र /अभिलेखिकरण
८. घरको अस्तित्व अवस्थामा लालपुर्जा घर कायम
९. आय स्रोत
१०. तलब प्रमाणपत्र
११. भाडा सम्झौता (लागू भएमा) भाडामा लिने व्यक्तिको पहिचान सहित
१२. पछिल्लो २ आर्थिक वर्षको लेखा परीक्षित वित्तीय (व्यवसाय आयको लागि)
१३.पेन्सन प्रमाणपत्र (पट्टा)
१४. मार्ग अनुमति सहितको सवारी साधनको नवीकरण/वैध नीलो पुस्तकको प्रतिलिपि (ट्रान्सपोर्ट व्यवसाय आयको लागि)
१५. तलब प्रमाणपत्र, कार्य अनुमति, भिसा सहितको मान्य राहदानी, पे स्लिप र बैंक खाता विवरण (वैदेशिक रोजगारी आयको लागि)
१६. सबै आयको लागि हालै मात्र कर तिरेको रसिद वा कर क्लियरेन्स प्रमाणपत्र (जहाँ लागू हुन्छ)

यस योजनाबाट कर्जा लिन र थप जानकारीका लागि नजिकैको शाखा कार्यालय वा बैंकको वेबसाइट https://www.siddharthabank.com/products/retail/siddhartha-bank-home-loan वा बैंकद्वारा सञ्चालित ग्राहक सेवा केन्द्र, सिद्धार्थ केयरमा सम्पर्क गरी प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

देशका सम्पूर्ण क्षेत्र र वर्गसम्म बैंकिङ् सेवाको पहुँच पुर्याउने उद्देश्यका साथ सिद्धार्थ बैंकले देशभर १९६ वटा शाखा (५ एक्स्टेन्सन्काउन्टर सहित), ७५ शाखारहित बैंकिङ्ग सेवा र २२६ एटिएम मार्फत उच्चस्तरीय एवं प्रविधिमैत्री बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । डिजिटल माध्यमलाई प्राथमिकतामा राखी यस बैंकले अनलाईनबाटै आफ्ना सेवा सञ्चालन सुरक्षितरूपमा साधारण बचत, मुद्दती निक्षेप, डिम्याट खाता खोल्ने, डेबिट र क्रेडिट कार्डका लागि आवेदन दिन सकिने जस्ता विभिन्न बैंकिङ्ग सुविधाहरु सरल एवं ग्राहकमैत्री ढङ्गले प्रवाह गर्दै आएको छ ।

‘सम्बन्ध सधैभरीलाई’ भन्ने नारा अवलम्बन गर्दै बैंकले ‘सिद्धार्थ केयर’मार्फत ग्राहकहरुलाई विभिन्न किसिमका सेवा प्रदान गर्ने तथा गुनासोलाई तत्काल सम्बोधन गर्ने कार्य समेत गर्दै आईरहेको छ।

त्यस्तै, सिद्धार्थ बैंकले  ‘सिद्धार्थ केयर’  ग्राहक सेवा केन्द्रबाट ग्राहकलाई २४ सै घण्टा सेवा प्रदान गर्दै आईरहेको छ। यसबाट दैनिक सयौं सेवाग्राहीहरु लाभान्वित भएको  बैंकले जनाएको छ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft