Friday, December 6, 2024
Home Uncategorized राष्ट्र बैंकद्वारा ‘ग्रिन फाइनान्स ट्याक्सोनोमी २०२४’ जारी, के हो यो ?

राष्ट्र बैंकद्वारा ‘ग्रिन फाइनान्स ट्याक्सोनोमी २०२४’ जारी, के हो यो ?

by laganisutra

काठमाडौँ l  नेपाल राष्ट्र बैंकले २०२२/२३ को मौद्रिक नीति पालना गर्दै नेपाल ‘ग्रिन फाइनान्स ट्याक्सोनोमी २०२४’ जारी गरेको छ । 

केन्द्रिय बैंकले ०७९/८० को मौद्रिक नीति पालना गर्दै बैंक तथा वित्तीय संस्थाबाट हुने कर्जा प्रवाह एवं लगानीलाई वातावरणमैत्री बनाउन केन्द्रीय बैंकले नेपाल ग्रिन फाइनान्स ट्याक्सोनोमी जारी गरेको हो । 

 यसले हरित बन्ड, जलवायु जोखिम प्रतिवेदन, र वित्तीय क्षेत्रको पूँजी आवश्यकताहरूलाई सहज बनाउने राष्ट्र बैंकले जनाएको छ । 

ग्रिन फाइनान्स ट्याक्सोनोमी के हो ?

ग्रिन फाइनान्स ट्याक्सोनोमी पूर्वाधार निर्माण, औद्योगिक विकास र व्यवसाय स्थापना र प्रवर्द्धनका लागि गरिने लगानीले वातावरण संरक्षणको पनि प्रत्याभूति गर्नुपर्छ भन्ने अवधारणा हो। 

यो आर्थिक गतिविधिहरूको सूचीको वर्गीकरण हो (सम्पत्ति, परियोजनाहरू, र क्षेत्रहरू) जसलाई ‘हरित’ वा वातावरणीय रूपमा दिगो मान्न सकिन्छ।

आर्थिक वर्ष ०७९/८० को मौद्रिक नीतिमा राष्ट्र बैंकले दिगो विकास र वातावरणमैत्री लगानीका क्षेत्र पहिचान गर्न नेपाल राष्ट्र बैंकले ‘ग्रिन ट्याक्सोनोमी’ को अवधारणा कार्यान्वयनमा ल्याउने बताएको थियो । 

“ग्रिन फाइनान्सिङलाई प्रोत्साहन गर्न हरित बन्ड निष्कासन गर्ने, जलवायु जोखिम रिपोर्टिङ गर्ने, पूँजी आवश्यकता पहिचान गर्नेलगायत विषय समावेश गरी ग्रिन ट्याक्सोनोमीको मस्यौदा तर्जुमा गरिनेछ,” नीतिमा भनिएको छ । 

ग्रिन ट्याक्सोनोमी २०२४ को अवधारणा कार्यान्वयनमा ल्याउँदा एकातिर वातावरणीय रुपमा दिगो गतिविधि सञ्चालन हुने र अर्कोतर्फ लगानीका क्षेत्रहरु पहिचान गर्न सहयोग गर्ने ठानिएको छ ।

त्यस्तै, बैंक वित्तीय संस्थाहरुलाई हरित बैंकिङ उत्पादनका लागि ऋण, क्रेडिट, ग्यारेन्टीजस्ता क्षेत्रमा स्पष्टता खोज्न पनि यसले मद्दत पुर्‍याउने बताइएको छ ।

पछिल्लो समय उदीयमान अर्थतन्त्रहरुको विविध आवश्यकता र सन्दर्भलाई मध्यनजर गर्दै सो अवधारणामार्फत् सम्बन्धित देशको दिगो विकासम्बन्धी प्राथमिकता र एजेन्डासँग सान्दर्भिक वातावरणीय उद्देश्यहरुलाई समेत विशेष महत्त्व दिन थालिएको छ ।

यसले लगानीकर्तालाई प्रभावकारी लगानीका लागि दिगो विकासका मापदण्ड पूरा गर्नसमेत अवसर प्रदान गर्ने बताइएको छ । 

अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैंक तथा अन्य दातृ निकायले पनि आन्तरिक स्रोत परिचालाई हरित तथा उत्थानशील बनाउँदै जानुपर्ने बताउँदै आएका छन्।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft