163
काठमाडौं । हिमालयन एभरेस्ट इन्स्योरेन्सले नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीइओ) रहेकी अञ्जु श्रेष्ठलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ।
कम्पनी सञ्चालक समितिले श्रेष्ठलाई चार वर्षका लागि सीईओ बनाएको हो।
उनलाई असोज १८ गते देखि लागू हुनेगरी सीईओमा नियुक्त गरिएको कम्पनीले जनाएको छ।