158
काठमाडौं । राष्ट्र बैंकले १० ठूला बैंकहरुको लोन पोर्टफोलियो रिभ्यु (एलपीआर) प्रकृया रद्ध गरेको छ । राष्ट्र बैंकले केपीएमजी असुरेन्स एण्ड कन्सल्टिङ सर्भिसेस एलपीपी भारत कम्पनीसँगको एलपीआर गर्ने सम्झौता बिहिबार राती एक सूचना जारी गर्दै रोकेको हो ।
एलपीआरको प्रकृया रोकिनुमा प्राविधिक कारण रहेको राष्ट्र बैंकका सहायक प्रवक्ता डा.डिल्लीराम पोख्रेलले जानकारी दिए । सूचना अधिकारी डा.पोख्रेलले सिंहदरबारसँग भने, ‘भारतीय कम्पनीसँग टेक्निकल समस्याका कारण सम्झौता तोडिएको हो, लोन पोर्टफोलियो रिभ्यू नै रोकिएको भन्ने होइन, कम्पनीसँग बिडिङ प्रकृयामै समस्या आएपछि प्रकृया रोकिएको हो।’