646
काठमाडौं । सुनको भाउ आज रेकर्ड मूल्यबाट तल झरेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ प्रतितोला २०० रुपैयाँले घटेर १ लाख ३६ हजार ६०० रुपैयाँ कायम भएको छ ।
यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३५ हजार ९५० रुपैयाँ कायम छ । यसअघि, बुधबार छापावाल सुन १ लाख ३६ हजार ८०० रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ३६ हजार १५० रुपैयाँ निर्धारण भएको थियो ।
आइतबार, सोमबार, मंगलबार र बुधबार सुनको भाउ क्रमशः प्रतितोला २९००, ६००, १०० र ५०० रुपैयाँले बढेर नयाँ रेकर्ड कामय गरेको थियो ।