271
काठमाडौं । साताको तेस्रो दिन बजार उच्च अंकले बढेर रोकिएको छ । यस दिन बजारमा हरियाली आउदा विकास बैंक उपसूचक २.६३ प्रतिशतले बढेको हो ।
मंगलबार विकास बैंक परिसूचक १०९ अंकले बढेर ४२६१ को विन्दुमा कायम हुन पुगेको छ । यस दिन विकास बैंक सेक्टरबाट कुल १६ सूचीकृत विकास बैंकहरु कारोबारमा आएका हुन् ।
जसमध्ये १५ वटा विकास बैंकहरुको शेयरमूल्य उकालो लाग्यो भने एक मात्र कर्णाली विकास बैंकको शेयरमा ०.७५ प्रतिशतको गिरावट आएको छ ।