आजका लागि विदेशी विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले विहीबारको विनिमय दर सार्वजनिक गरेको छ । भारतीय रुपैैयाँ १०० को खरिदर १६० रुपैयाँ र विक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ५६ पैसा र बिक्रीदर १३३ रूपैयाँ १६ पैसा पुगेको छ । युरोपियन युरो एकको खरिदमा १४५ रूपैयाँ ०९ पैसा र बिक्रीमा १४५ रूपैयाँ ७४ पैसा थियो ।

आज कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ३५ पैसा र बिक्रीमा ३६ रूपैयाँ ५१ पैसा पाइन्छ । त्यस्तै, आज जापानीज यान दशको खरिदमा ९ रूपैयाँ १४ पैसा र बिक्रीमा ९ रूपैयाँ १८ पैसा रहेको छ ।

राष्ट्र बैंकले आजको लागि युएई दिराम एकको खरिददर ३६ रूपैयाँ १३ पैसा र बिक्रीदर ३६ रूपैयाँ ०९ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिदमा २८ रूपैयाँ ५६ पैसा र बिक्रीदर २८ रूपैयाँ ६९ पैसा पाइन्छ ।

कुवेती दिनार एकको खरिददर ४३१ रूपैयाँ ०८ पैसा र बिक्रीदर ४३३ रूपैयाँ ०३ पैसा तोकिएको छ । त्यस्तै, बहराइन दिनार एकको खरिददर ३५१२ रूपैयाँ ६२ पैसा र बिक्रीदर ३५३ रूपैयाँ २१ पैसा तोकिएको छ ।

Related posts

रिलायबल नेपाल लाइफको नाफा बढ्यो

विश्व बैंकले नेपालको विपद् व्यवस्थापनमा १५० मिलियन डलर सहुलियतपूर्ण ऋण दिने

अहिलेसम्म रुसी सेनामा कार्यरत ४३ नेपालीको मृत्यु (सूचीसहित)