
लाभांश वितरण प्रस्तावसहित लुम्बिनी विकास बैंकको साधारण सभा आज बस्दै
लुम्बिनी विकास बैंक लिमिटेडको १५ औं वार्षिक साधारण सभा आज पौष २६ गते बस्दैछ । कम्पनीको पौष ४ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा डाकेको हो ।
सभामा कम्पनीले चुक्ता पुँजीको ३% बोनस सेयर र कर प्रयोजनका लागि ९% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकद्वारा स्वीकृत भइसकेको हुँदा अब यस वार्षिक साधारण सभाले पारित गरेपछि मात्र लगानीकर्तामा वितरण हुनेछ ।
सभा प्रयोजनका लागि कम्पनीले पौष १३ गते बुक क्लोज गरेको थियो । तसर्थ, पौष १२ गतेसम्म कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांश हात पार्न सक्नेछन् । सभा बिहान ११ बजेबाट अमृत भोग, कालिकास्थान, काठमाडौँमा सम्पन्न हुनेछ ।