
लाभांश वितरण प्रस्तावसहित एचआइडीसीएलको साधारण साभा आज
हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको ११ औं वार्षिक साधारण सभा आज पौष २६ गते बस्दैछ । कम्पनीको मंसिर २९ गते बसेको संचालक समितिको बैठकले साधारण सभा डाकेको हो ।
कम्पनीले चुक्ता पुँजीको ५% ले हुन आउने १ अर्ब ६ करोड ३८ लाख १३ हजार ३७५ रुपैयाँ बोनस सेयर र ०.२६३% ले हुन आउने ५ करोड ५९ लाख ९० हजार १७७.६३ रुपैयाँ नगद लाभांश (कर सहित) वितरण गर्ने घोषणा गरेको छ ।
कम्पनीले सभा तथा लाभांश वितरण प्रयोजनका लागि पौष १४ गते बुक क्लोज गरेको थियो । तसर्थ, पौष १३ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभाामा उपस्थित हुन र लाभांश हात पार्न सक्नेछन् ।
सभा अर्पण ब्यांक्वेट थापागाउँ काठमाडौंमा बिहान १० बजेबाट सुरु भएको छ।