
महुलि लघुवित्तको लाभांश घोषणा, नगद र बोनस कति ?
महुलि लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई कुल २५% लाभांश (कर सहित) दिने प्रस्ताव गरेको छ ।
कम्पनीको पौष २५ गते बसेको संचालक समितिको बैठकले कम्पनीको चुक्ता पुँजी २८ करोड ६९ लाख ४४० रुपैयाँको २०% ले हुन आउने ५ करोड ६४ लाख ३३ हजार ८८८ रुपैयाँ बोनस सेयर र ५% ले हुन आउने १ करोड ४१ लाख ८ हजार ४७२ रुपैयाँ नगद लाभांश (कर सहित) दिने प्रस्ताव गरेको हो ।
नियामक नेपाल राष्ट्र बैंक र आगामी बस्ने कम्पनीको वार्षिक साधारण सभाले पारित गरेपछि मात्र वितरण हुनेछ ।