
डिप्रोक्स लघुवित्तको लाभांश घोषणा
डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई कुल २१.०५२६३२% लाभांश (कर सहित) दिने प्रस्ताव गरेको छ ।
कम्पनीको पौष २५ गते बसेको संचालक समितिको बैठकले कम्पनीको चुक्ता पुँजी १ अर्ब ३८ करोड ७४ लाख ९८ हजार ३३२.८३ रुपैयाँको १०% ले हुन आउने १३ करोड ८७ लाख ४९ हजार ८३३.२८ रुपैयाँ बोनस सेयर र ११.०५२६३२% ले हुन आउने १५ करोड ३३ लाख ५५ हजार ०८४.७३ रुपैयाँ नगद लाभांश (कर सहित) दिने प्रस्ताव गरेको हो ।
नियामक नेपाल राष्ट्र बैंक र आगामी बस्ने कम्पनीको वार्षिक साधारण सभाले पारित गरेपछि मात्र वितरण हुनेछ ।