
शिखर इन्स्योरेन्सले पहिलो चरणमा २,६३५ जनालाई कोरोना बीमा दाबी भुक्तानी गर्दै
आज मंसिर १३ गतेदेखि शिखर इन्स्योरेन्सले कोरोना बिमाको दाबी भुक्तानी सुरु गर्ने सूचना जारी गरेको छ । कम्पनीले पहिलो चरणमा पहिलो दाबी गर्ने २ हजार ६३५ जना दावीकर्ताहरुलाई आजबाट नै दाबी फर्छौट गर्ने सुचनामा उल्लेख गरिएको छ ।
साथै, कम्पनीले दोस्रो चरणमा राष्ट्र सेवक कर्मचारी र संघ, संस्थाले बिमाशुल्क तिरेर कोरोना भाइरस बिमा गर्ने ५ हजार २० जनालाई प्राथमिकतामा राख्दै दाबी भुक्तानी गरिने सुचनामा उल्लेक गरिएको छ ।
दाबी फर्छौट हुने दाबीकर्ताहरुको विवरण यस कम्पनीको कार्यालयहरु र कम्पनीको वेबसाईटमा उपलब्ध गराइएको छ | अन्य भुक्तानी हुन बाँकी दाबीको हकमा नेपाल सरकार र नेपाल बीमा प्राधिकरणको निर्णय बमोजिम पुन: जानकारी गराईने व्यहोरा उल्लेख गरिएको छ |
