
आइसीएफसी फाइनान्सको संस्थापक सेयर बिक्रीमा
आइसीएफसी फाइनान्स लिमिटेडले आजबाट आफ्नो संस्थापक सेयरधनीको नाममा रहेको संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले सेयर मूल्य र सेयर संख्या भने खुलाएको छैन |
यस कम्पनीका इच्छुक संस्थापक सेयरधनीले अबको ३५ दिनभित्र कम्पनीको प्रधान कार्यालय भाटभटेनी, काठमाडौंमा निवेदन दिनुपर्नेछ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिनेछ ।