
सपोर्ट लघुवित्तको ७ हजार कित्ता संस्थापक सेयर लिलामीमा बिक्री खुला
आज मंसिर ८ गतेदेखि सपोर्ट लघुवित्त वित्तीय संस्थाले ७ हजार १५० कित्ता संस्थापक सेयर लिलामीमा बिक्री खुला गरेको छ । यस सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ५०० रुपैयाँ तोकिएको छ भने यस मूल्यलाई आधार मानेर सो भन्दा बढी मूल्य कबोल गरी लगानीकर्ताले लिलामीको बोलपत्र पेश गर्न सक्नेछन् । लगानीकर्ताले न्यूनतम १ सय कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
यस सेयरमा आवेदन दिने अन्तिम मिति मंसिर २५ गते रहेको छ | यसमा हरकोहि विद्यमान संस्थापक वा अन्य व्यक्ति, कम्पनी वा संस्थाले पनि आवेदन दिन सक्नेछन् | इच्छुक व्यक्तिले बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड, टेकु , काठमाडौंबाट बोलपत्र पेश गर्नुपर्नेछ ।