काठमाडौँ, नेपाल
Newspaper Newspaper
  • Home
  • Live Trading
  • Technical Chart
  • News
    • Articles
    • Banking
    • Company Analysis
    • Corporate
    • Finance
    • Hydro
    • IPO Announcements
    • Insurance
    • Market Analysis
    • Reports
  • Company Analysis
    • Hourly Market Watch
    • Compare Company
  • Portfolio
    • Maintain Portfolio
    • Watchlist
    • Set Profit/Loss
    • P/L Report
    • Newsletter
  • Market Details
    • Floorsheet
    • Screener
    • Best Performer Company
    • Nepse Index Analysis
    • Sector Wise Analysis
  • Login/Signup
    • Lagani Pro
    • Lagani Corp
    • Media API
आरएमडीसी लघुवित्त र साना किसान विकास लघुवित्तको सेयर कारोबार फुकुवा
Finance

आरएमडीसी लघुवित्त र साना किसान विकास लघुवित्तको सेयर कारोबार फुकुवा

Nov 23, 2022

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेड र साना किसान विकास लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार फुकुवा गरेको छ ।

धितोपत्र दर्ता धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ अनुसार गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रियामा रही सेयर कारोबार रोक्का रहेको दुई कम्पनीको आधारभूत सेयरधनी बाहेकको सेयरधनीको सेयर कारोबार फुकुवा गरिएको हो |

दुई कम्पनीको सेयर कारोबार अब बिहिबारदेखि सुचारु हुनेछ | भदौ ३१ गते यी दुई कम्पनीले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् | मर्जर सफल भएपश्चात साना किसान आरएमडीसी लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार हुनेछ |

सम्झौता पत्रमा साना किसान विकास लघुवित्तका अध्यक्ष खेम बहादुर पाठक र मर्जर उपसमितिका संयोजक उमेश लम्साल तथा आरएमडीसी लघुवित्त वित्तीय संस्थाका अध्यक्ष सुजाता जोशी र संयुक्त मर्जर समितिका संयोजक भिम प्रसाद तिम्सिनाले हस्ताक्षर गरेका छन् । मर्जरपश्चात एकीकृत लघुवित्तको पुँजी कोष ७ अर्ब रुपैयाँभन्दा बढी हुनेछ भने लगानीमा रहेको कर्जा करिब ४३ अर्ब रुपैयाँ पुग्नेछ ।

यी दुई लघुवित्त १०० : ८७ स्वाप अनुपातमा एक आपसमा गाभिन लागेका हुन् जसमा आरएमडीसी लघुवित्तको १०० सेयरलाई मर्जरपछि ८७ सेयर कायम गरिनेछ।

CLICK HERE TO VIEW FULL SCREEN

Share This:

Facebook
Twitter
ताजा समाचार
Bonus-Dividend Finance

डिप्रोक्स लघुवित्तको लाभांश घोषणा

Jan 10, 2023
Bonus-Dividend Finance

महुलि लघुवित्तको लाभांश घोषणा, नगद र बोनस कति ?

Jan 10, 2023
Banking Bonus-Dividend

लाभांश वितरण प्रस्तावसहित लुम्बिनी विकास बैंकको साधारण सभा आज बस्दै

Jan 10, 2023
Bonus-Dividend Hydro

लाभांश वितरण प्रस्तावसहित एचआइडीसीएलको साधारण साभा आज

Jan 10, 2023

सम्पर्क

प्रकाशक: तुलसी दाहाल

सुचना विभाग दर्ता नं. 3566-2078/79

फोन: 01-5639245, 9819322532

समाचारका लागि: 9808642035

विज्ञापनको लागि: 9862178766

[email protected]

ठेगाना

शान्तिनगर, काठमाडौं, नेपाल

हाम्रो टिम

प्रधान सम्पादक: केशव दाहाल

सम्पादक: कृष्ण गुरागाईं

कार्यकारी सम्पादक: बिनम कोइराला

प्राबिधिक बिस्लेसक: निखिल ढकाल, उज्ज्वल पोख्रेल,
प्रशान्त आचार्य

समाचार सम्पादक: बिप्लब कोइराला

सम्बाददाता: बिजय पण्डित

CONNECT

© Copyright 2022. All rights reserved.