
समृद्धि फाइनान्सको ७ लाख कित्ता संस्थापक सेयर लिलामीमा बिक्री खुला
आज मंसिर १ गतेदेखि समृद्धि फाइनान्स कम्पनी लिमिटेडले ७ लाख ६७ हजार ३६६ कित्ता संस्थापक सेयर लिलामीमा बिक्री खुला गरेको छ । यस सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ भने यस मूल्यलाई आधार मानेर सो भन्दा बढी मूल्य कबोल गरी लगानीकर्ताले लिलामीको बोलपत्र पेश गर्न सक्नेछन् । लगानीकर्ताले न्यूनतम १ सय कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
यस सेयरमा आवेदन दिने अन्तिम मिति मंसिर १५ गते रहेको छ | यसमा हरकोहि विद्यमान संस्थापक, व्यक्ति, कम्पनी वा संस्थाले आवेदन दिन सक्नेछन् | इच्छुक व्यक्तिले बीओके क्यापिटल मार्केट लिमिटेड, नारायणचौर, काठमाडौंबाट बोलपत्र पेश गर्नुपर्नेछ ।
साथै, लगानीकर्ताले निम्न बीओकेको शाखा कार्यलाहरुबाट पनि आवेदन पेश गर्न सक्नेछन्; मेनरोड- बिराटनगर, आदर्शनगर- वीरगंज, न्युरोड- पोखरा, ट्राफिक चोक- बुटवल, सुर्खेत रोड- नेपालगंज, विरेन्द्रचोक विरेन्द्रनगर- सुर्खेत, मेनरोड चौराहा- धनगढी | त्यसैगरि, समृद्धि फाइनान्सको केन्द्रिय कार्यालय हेटौडा- मकवानपुर, शाखा कार्यालय पुतलीसडक- काठमाडौं, नारायणगढ- चितवन, पोखरा- कास्की, बुटवल- रुपन्देही, बनेपा- काभ्रेपलान्चोक, इटहरी- सुनसरी, जनकपुर- धनुषाबाट पनि आवेदन पेश गर्न सकिनेछ |