
हालै मात्र ७६.८४% लाभांश घोषणा गरेको जाल्पा सामुदायिक लघुवित्त घाटामा
हालै मात्र ७६.८४% लाभांश घोषणा गरेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा कम्पनीले १० लाख ३० हजार रुपैयाँ नोक्सानी व्यहोरेको छ । अघिल्लो वर्षको सोहि अवधिमा कम्पनीले १ करोड ३ लाख ८९ हजार रुपैयाँ नाफा कमाएको थियो ।
कम्पनीको खुद ब्याज आम्दानी १६.६०% ले बढेर ९ करोड ४५ लाख ११ हजार रुपैयाँ पुगेको छ भने कम्पनीको सञ्चालन नाफा १ करोड ३२ लाख ६७ हजार रुपैयाँ ऋणात्मक रहेको छ । साथै, कम्पनीले यस त्रैमासमा २ अर्ब ६० करोड ९४ लाख ३२ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ |
त्यस्तै, यस त्रैमसमा कम्पनीको चुक्ता पुँजी ४८.४२% ले बढेको छ भने जगेडा कोष २१.७७% ले बढेको छ | हाल कम्पनीको चुक्ता पुँजी १६ करोड रुपैयाँ छ भने जगेडा कोषमा ३८ करोड १० लाख ५ हजार रुपैयाँ रहेको छ | कम्पनीको प्रतिसेयर आम्दानी २ रुपैयाँ ५८ पैसा नोक्सानमा र प्रतिसेयर नेटवर्थ ३३८ रुपैयाँ १३ पैसा रहेको छ ।