
सबैको लघुवित्त घाटामा रहँदा अन्य सूचक कस्तो छ ?
सबैको लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा कम्पनीले २ करोड ९६ लाख ८८ हजार रुपैयाँ नोक्सानी व्यहोरेको छ । अघिल्लो वर्षको सोहि अवधिमा कम्पनीले २ करोड १४ लाख ५७ हजार रुपैयाँ नाफा कमाएको थियो ।
कम्पनीको खुद ब्याज आम्दानी ७१.२०% ले घटेर १ करोड ६१ लाख ८ हजार रुपैयाँ पुगेको छ भने कम्पनीले ३ करोड ५ लाख ५८ हजार रुपैयाँ सञ्चालन घाटा व्यहोरेको छ । साथै, कम्पनीले यस त्रैमासमा १ अर्ब ३५ करोड २५ लाख ४२ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ |
त्यस्तै, यस त्रैमसमा कम्पनीको चुक्ता पुँजी स्थिर रहेको छ भने जगेडा कोष ५८.०३% ले बढेको छ | हाल कम्पनीको चुक्ता पुँजी २७ करोड रुपैयाँ छ भने जगेडा कोषमा १३ करोड २ लाख १ हजार रुपैयाँ रहेको छ | कम्पनीको प्रतिसेयर आम्दानी ४३ रुपैयाँ ९८ पैसा नोक्सानमा र प्रतिसेयर नेटवर्थ १४८ रुपैयाँ २२ पैसा रहेको छ ।