
जनउत्थान सामुदायिक लघुवित्त नोक्सानमा रहँदा प्रतिसेयर आम्दानी कति ?
जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा कम्पनीले ७६ लाख ७४ हजार रुपैयाँ नोक्सानी व्यहोरेको छ । अघिल्लो वर्षको सोहि अवधिमा कम्पनीले १ करोड ६२ लाख ९१ हजार रुपैयाँ नाफा कमाएको थियो ।
कम्पनीको खुद ब्याज आम्दानी २८.४५% ले घटेर २ करोड ९२ लाख ९७ हजार रुपैयाँ पुगेको छ भने कम्पनीको सञ्चालन नाफा २ करोड ६१ लाख ६५ हजार रुपैयाँ ऋणात्मक रहेको छ । साथै, कम्पनीले यस त्रैमासमा ८० करोड ७९ लाख २२ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ |
त्यस्तै, यस त्रैमसमा कम्पनीको चुक्ता पुँजी २५% ले बढेको छ भने जगेडा कोष २०.९६% ले घटेको छ | हाल कम्पनीको चुक्ता पुँजी १४ करोड ७९ लाख ६ हजार रुपैयाँ छ भने जगेडा कोषमा ११ करोड ६९ लाख १३ हजार रुपैयाँ रहेको छ | कम्पनीको प्रतिसेयर आम्दानी २० रुपैयाँ ७६ पैसा नोक्सानमा र प्रतिसेयर नेटवर्थ १७९ रुपैयाँ ०५ पैसा रहेको छ ।