
खप्तड लघुवित्तको आइपीओ नेप्सेमा सुचिकृत, अधिकतम भाउ कति ?
खप्तड लघुवित्त वित्तीय संस्थाको आइपीओ नेप्सेमा सुचिकृत भएको छ । आज सोमबार सुचिकृत भएको यस आइपीओको कारोबार अब मंगलबारबाट सुरु हुनेछ । खप्तड लघुवित्तको सिम्बोल KLBS रहेको छ ।
यसको ओपनिङ रेञ्च नेप्सेले प्रति कित्ता न्यूनतम १०१ रुपैयाँ ०७ पैसादेखि अधिकतम ३०३ रुपैयाँ २१ पैसासम्म निर्धारण गरेको छ । यस कम्पनीको चुक्ता पुँजीका आधारमा कायम कुल ४ लाख कित्ता सेयर आइपीओ सूचीकरण गरिएको हो ।
